रौतहटबाट आयो अत्यन्तै दुःखद खबर, एकै परिवारको छ जनाको मृत्यु

गौर (रौतहट), २९ साउन । परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ ।

प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवारका सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रादेवी, पाँचवर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउज्यू ललितादेवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटामा दुर्घटना भएको स्थानीयवासी शेष वकिलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक शनिबार वर्षाको पानीले एक सय मि बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जिप दुर्घटना भएको जनाइएको छ । उक्त जिपका चालक फरार रहेका छन् ।

यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ । सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका– तीन वडाका बासिन्दा बाढीको घेरामा परेका छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र)ले बाढी प्रभावित क्षेत्रमा आजदेखि राहत वितरण शुरु गरेको छ । केन्द्रले आज चन्द्रपुर नगरपालिकाका बालचनपुर, बलुवा, घाँगीटोल, पडरियामा राहत वितरण गरेको माओवादी केन्द्रले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖