‘नेपाल आइडल’को स्पष्ट डाटा सार्वजनिक गर्न माग : नगरे कानुनी उपचारमा जाने

नेपाल आइडल धाँधली भएको भन्दै सामाजिक सञ्जाल रंगीविरंगी

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल ‘गाला राउन्ड’ को ‘टप सेभेन’बाट प्रमिला राई आउट भएकी छन् । शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा सुजता पाण्डे र प्रताप दास परेका थिए । दर्शकको कम भोट पाएकी भन्दै बालाजु, काठमाडौं २२ वर्षीय प्रमिला राईलाई आउट भएकी घोषणा गरिएको थियो ।

नेपाल आइडल र जजहरुको यो निर्णय र घोषणासँगै सामाजिक सञ्जालहरुमा विभिन्न प्रकारका धाँधली भएको भन्दै स्ट्याटसहरुले फेसबुक, ट्वीटर र इन्स्टाग्रामका वालहरु रंगिएका छन् । हुन त नेपाल आइडलका जजहरु सुरु दिनहरु देखिनै विवादमा तानिदै आएका थिए । आहिले आएर गाला राउण्डको टप सातबाट प्रमिला राई आउट भएपछि धाँधली भएको भन्दै विभिन्न आक्रोशहरु व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुक रंगिएको छ ।

यसै क्रममा शान्तिराज राईले फेसबुकमा स्ट्याटस लेखेका छन्– ‘इन्दिरा जोशीले नेपाल तारामा हार्दाको बदला र राजेश पायल राईले नेपाल आइडलमा भएको धाँधली विरुद्व बोलेकोमा षड्यन्त्रपूर्वक रुपले आज टप ७ बाट प्रमिला राईको विरुद्धमा जुन कदम चालिएको छ ।’

उनले ‘यसको विरुद्वमा जुनसुकै छानबिन गर्न हामी तयार छौं, र यसमा नेपाल आइडलका सञ्चालकहरुको गल्ती छ भने जनताले गरेका निर्णय ब्यहोर्न तयार हुनुपर्नेछ ।’ भन्दै अर्को स्ट्याटस समेत पोष्ट गरेका छन् ।

त्यस्तै, आक्रोशित राईले अर्को स्ट्याटस लेखेका छन्– ‘भोलि हामी नेपाल आइडलमा प्रमिला राईहरुको समर्थकहरु एपीवान च्यानलमा गएर प्रमिला राई र अरुले कति भोट पाएका रैछन यो हेर्न चाहन्छौ । त्यसैले तपाईंहरुले कहाँ र कहाँबाट कसरी भोट गर्नुभएको छ, सबैले आ–आफ्नो कलेक्सन गरेर राख्नुहोला त्यहाँ प्रमिला राईले पाएको भोट र हामीले गरेका भोट रुजु गरेर अर्को कदम चालौला ।’

एकपटक यो ८ बुँदाहरु पढेर कमेन्ट गर्नुहोला धन्यवाद ।’ (शान्तिराज राई)

१. रियालीटी शो भएपछि हारजीतको खेल भएपछि नेपाल आईडलले एसएमएसको कपी राईट्स अरुलाई लाखौंमा बेच्नुमा पनि हामीलाई शंका छ कि ती कम्पनीहरुले जातीय, क्षेत्रीय नश्लीय हिसाबले दर्शक, श्रोताको मनभावना विपरित खेल खेलीरहेका छन् भन्ने हामीलाई शंका लागेको छ ।

२. नेपाल आईडलको अन्तर्राष्ट्रिय भोटिङ भनेर घोषण गर्नु तर पारदर्शी नहुनु । हामीलाई शंका छ अन्तर्राष्ट्रिय भोट व्यापार र चर्चाको लागि मात्र गर्नु, लाखौं मान्छेको मन भावनासँग मात्र खेल्नु, तर अनलाईन भोटिङलाई कुनै महत्व नदिनु । अनावश्यक भोटिङ गराएर समुदाय समुदायलाई लडाउनु खोज्नु ।

३. उदाहरणका लागि सागर आलेलाई टप ८ राउण्डमा जर्बजस्ती बटम ३ मा राख्नु । प्रताप दासलाई सुरक्षित गर्नु । टप सेभेनमा पनि प्रताप दासलाई सुरक्षा गर्नु ।

४. अडिसन राउण्डमा धरान, दमक जस्ता क्षेत्रका कलाकारहरुमा अडिसन राउण्ड नगर्नु र त्यहाँका कलाकारहरुलाई निरुत्साहित गर्नु ।

५. निशान भट्टराईलाई एकै खालको गीत गाउने अवसर दिनु । जजहरुले कहिले पनि टेक्निकल कमेन्ट नगर्नु । अरुको राम्रो प्रदर्शन हुँदाहुँदै पनि जर्बजस्ती ‘पर्फमर अफ द डे’ बनाउनु । उदाहरणका लािग टप ७ मा प्रमिला राई, बुद्ध लामा वा सागर आलेले पाउन सक्थे तर खासै राम्रो गीत नगाएका । सजिलो गीत गाउन दिएर निशानलाई दोस्रो पटक गिटार दिनु पनि सुनियोजित र लाखौं दर्शकहरुलाई धोका दिनु हो ।

६. बुद्ध लामा र सागर आलेलाई ग्राण्ड फिनालेसम्म लैजाने र निशान भट्टराईलाई नेपाल आईडल बनाउने पूर्व–योजना बनाएको लाखौं दर्शक स्रोतालाई आभास भएको छ । बुद्ध र सागर केवल बलीको लागि मात्र तयार पारिएका साधनहरु मात्र हुन् ।

७. हामी समुदाय–समुदाय बीच फुट ल्याउने यस्ता आईडलहरु यथाशक्य बन्द गर्न हामी कडा चेतावनी दिन्छौं, अन्यथा यसपछि आईपर्ने घटनाहरुको लागि तयार हुन चेतावनी ।

८. एसएमएस जस्ता डाटाहरु स्पष्ट घोषण गर्न मिल्ने भएका कारण हामी सत्यतथ्य तथ्याङ्क सार्वजानिक गर्न नेपाल प्रहरीलाई समेत अनुरोध गर्नेछौं, वा कानुनी उपचारका लागि यस्ता सार्वजनिक महत्वका खेलहरुको लागि अदालत जानेछौं ।

नेपाल आइडलबाट प्रमिला राई बाहिरिएसँगै शान्तिराज राई मात्र नभएर पूर्वका सबै फेसबुक प्रयोगकर्ताहरुले विभिन्न प्रकारका नेपाल आइडलका जजहरुको बारेमा गलत टिकाटिपणी गर्न थालेका छन् ।

नेपाल आइडलको टप सातबाट प्रमिला राई कम भोट पाएर आउट भएकी हुन् या जजहरुले धाँधली नै गरेका हुन् । त्यो चाहिँ नेपाल आइडलका टिम र जजहरुलाई नै थाहा होला । तर जुन सामाजिक सञ्जालमा गलत टिकाटिप्पणी भईरहेका छन्, यदि त्यो साँचो साबित हुन गएमा नेपाल आईडल टिम र जजहरुले ठूलो क्षतिको सामना गर्नुपर्ने देखिएको छ ।

टप सातबाट प्रमिला राई बाहिरिएपछि टप ६ मा बुद्ध लामा, सुरज थापा, प्रताप दास, सागर आले र निशान भट्टराई र सुजाता पाण्डे बाँकी रहेका छन् । पुरुष प्रतियोगी ५ जना रहेका छन् भने महिला प्रतियोगीको रुपमा एक जना सुजता पाण्डे रहेकी छन् ।

प्रस्तुती : सुजन/शरद – मनास्लुखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।