कोशी बाँधका सबै ढोका खोल्दा बिहार डुबाउँछ, सोचेरमात्र काम गरौं : मन्त्री बिश्वकर्मा

भक्तपुर, २९ साउन । बाणिज्य मन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने भएकाले सोचेरमात्र काम गर्नुपर्ने बताउनुभएको छ । समाधानको कूटनीतिक पहल भने भइरहेको उहाँले बताउनुभयो ।

कोशी पुलका सबै ५६ वटै ढोका खोल्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिवार आग्रह गरेको बताइरहेका बेला सरकारकै अर्कामन्त्रीले ढोका खोल्दा बिहार डुवानमा पर्ने बताउनुभएको हो ।

‘कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नुपर्छ’ उहाँले भन्नुभयो । मन्त्री महराले भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई सबै ढोका खोल्न गरेको आग्रहमा सकारात्मक जवाफ दिएपनि हालसम्म पनि ३५ भन्दा बढी ढोका खोलिएका छैनन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा आइतबार बोल्दै बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको स्विकार गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖