भारतले आफ्नो भुभाग जोगाउन गण्डक ब्यारेजका ३६ वटै ढोका खोल्यो

साउन २९ । नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ ।

नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ती ढोका बन्द गरेर आफ्ना तर्फ (गण्डकको पूर्वी र पश्चिमी नहर) पानी लैजाँदा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो । सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ ।

पूर्वको कोशीमा आएको बाढीले शनिबार नेपाली भुभाग डुबानमा पार्दा पनि नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतलाई ब्यारेजको ढोका खोल्न आग्रह गर्न परेको थियो ।

गण्डकमा बाँध बनाएर भारतले गण्डक पश्चिमी नहरबाट उत्तर प्रदेशका विभिन्न भागमा सिंचाई गर्न १६ हजार ५ सय क्यूसेक लिटर ( प्रतिसेकेण्ड ) पानी लगेको छ । त्रिवेणीवाट १९.२ किलोमिटर नेपाली भुभाग हुँदै उत्तर प्रदेश लगेको नहरको बेलाटारी नजिक बाढीले कटान गरेको छ ।

आफ्नो नहरमा पूर्ण क्षमतामा पानी लैजाँदा नहर भत्किने त्रासमा रहेको भारतले नहरमा पानी बन्द गरेको हो ।

गण्डक सम्झौता अनुसार नेपाली भुभागमा बनाइएको गण्डक ब्यारेजको ढोका खोल्ने साँचो भारतीयको जिम्मामा रहेको छ । भारतले गण्डक पूर्वी र पश्चिमी नहरबाट ३४ हजार क्यूसेक पानी भारतको बिहार र उत्तर प्रदेशमा सिंचाइकालागि लगेको छ ।

गण्डक सम्झौता अनुसार गण्डक नहरका कारण नेपाली भुभागमा हुने डुबान र कटान नियन्त्रणको जिम्मा भारत सरकारको हो । उसले नेपालको नवलपरासी नेपाली भुभाग सिंचाइकालागि बनाएको नहरमा ३ सय ५० क्यूसेक क्षमताको छ । त्यसमा पानी खोल्ने जिम्मा पनि भारतको हातमा छ ।

https://youtu.be/9Mms_xkksdQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖