कोशी ब्यारेज खोल्न नमानेपछि मोदी बिरुद्ध एक नेपालीले दिए यस्तो कडा चेतावनी (हेर्नुहोस भिडियो)

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले कोशी व्यारेजको ढोका खोल्न भारतीय पक्षलाई पटक पटक आग्रह गर्दा पनि सफल हुन सकेको छैन । मन्त्री महराले हिजैदेखि बाँधको ढोका खोलेर बाढी प्रभावित नेपाली नागरिकलाई राहत प्रदान गर्ने प्रयास गरे पनि भारतीय पक्षले बाँधको ढोका खोल्न नमान्दा कोशी बाँध पीडितले राहत पाउन सकेका छैनन् ।

मन्त्री महराले शनिवार नेपालका भारतीय राजदुत मञ्जीत पुरीलाई टेलिफोन गरी टेलिफोन गरेर बाँधको ढोका खोलिदिन आग्रह गरेका थिए । महराले पुरीसँगको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष समस्या सुनाएर ढोका खोल्ने वातावरण बताउन प्रयास गरे पनि प्रयास सफल हुन नसकेको हो ।

महराले परराष्ट्र सचिव शंकरदास वैरागीलाई समेत भारतीय विदेशमन्त्रीसँग बाँध खुलाउन आग्रह गर्न लगाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परराष्ट्रमन्त्री महरालाई बाँधको ढोका खुलाउनका लागि अझ प्रभावकारी पहल गर्न निर्देशन दिएका थिए । तर भारतीय पक्षले चासो नदिदा सचिव, मन्त्री र प्रधानमन्त्रीको पहल सफल हुन सकेन ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन सम्पर्क गरी बाँधको ढोका खोल्न आग्रह गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेको छैन । मन्त्री महराले भारतीय पक्षसँग बाँधको ढोका खोल्न गरेको प्रयासको बारेमा ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा खुलासा गरेका छन् । कार्यक्रम आज बेलुका ८ स् ५ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।