राहतका बोरा बोकेर धुर्मुस् पुगे बाढीग्रस्त क्षेत्र !

महेन्द्रनगर (धनुषा), ३० साउन । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।

उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहनुभएका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गर्नुभएको थियो । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गर्नुभयोे ।

त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ ।
खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖