पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला पर्यो

वीरगञ्ज, ३० साउन । विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको शव फेला परेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले राससलाई बताउनुभयो ।

आइतबार दिउँसो भैँसी चराउन गएकी महत्तो घर फर्किने क्रममा भैँसीको पुच्छर समातेर घर नजिकै रहेको नदी तर्न खोज्दा बाढीले बगाएको थियो । भने हालसम्म महत्तोको शव फेला परेको छैन । यस्तै विन्धवासिनी गाउँपालिका–३ झौवागठीका १२ वर्षीय विवेककुमार साह तिलावे नदीमा आएको बाढी हेर्न गएको बेला उनलाई बाढीले बगाएको थियो ।

यसैगरी पश्चिमी भेगमा रहेको पौर्ताहा र दशैया खोलामा आएको बाढीले भारत बेलहीयाका रामस्वरुप माझीलाई पकहामैनपुर र नुना खातुनलाई जानकिटोला नजिक रहेको खोलाले बगाएको अवस्थामा शव फेला परेको थियो । निज खातुनको शव परिवारले लगेको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।