रौतहटमा मृत्यु हुनेको संख्या १३ पुग्यो, दर्जनौं गाउँ अझै डुबानमा

रौतहट, साउन ३० । अविरल वर्षापछि आएको बाढीमा परी सोमबार थप चारजनाको शव भेटिएपछि रौतहटमा मृत्यु हुनेको संख्या १३ पुुगेको छ ।

सोमबार बिहान गौर नगरपालिका–८ गौरीशंकर क्याम्पसछेउमा स्थानीयवासी बाबर मियाका छोरा मुसरफ सर्फेदको शव भेटिएको थियो ।

त्यसैगरी, दुर्गा भगवती गाउँपालिका–१ भलोहियाका १८ वर्षीय सर्फुन भाट, गुजार गाउँपालिका–६ का अमिरी रामका २१ वर्षीय छोरा नागेन्द्र र गौर नगरपालिका–१२ पुरेनवा दरबारका सुरेश साहको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

आइतबार परोहा गाउँपालिका लौकाहा गाउँका एकै परिवारका ६ सहित ९ जनाको मृत्यु भएको थियो ।

यता, गौर नगरपालिकाअन्तर्गत् वनजरहा, महादेवपटी, बडहरवा, वसतपुुर, मुुडवलवा, सिर्सिया, ब्रह्मपुुरी, सबगढा, देवाही, करुनिया, जिंगडवा, बरियारपुुर, गम्हरिया, पर्सालगायत गाउँ अझै डुुबानमा रहेको प्रहरीले जनाएको छ ।

डुुबानमा रहेका गाउँका बासिन्दा आफन्त र विद्यालयमा शरण लिएर बसेका छन् । उनीहरुले आफूहरुले अहिलेसम्म पनि राहत पाउन नसकेकोे गुुनासो गरेका छन् ।

घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै छाडेर भागेको र अहिले तीन दिनदेखि भोकै बस्नुपरेको उनीहरुको भनाइ छ ।

यसैबीच, सहरी विकासमन्त्री प्रभु साह, सांसद सुुनिलकुुमार यादव, अमरेश सिंह, रामकुमार भटराईलगायतको टोलीले सोमबार जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖