एमाले ले सरकारलाई भन्यो,- बाढीपहिरोमा मृत्यु भएकाहरुको परिवारलाई ५ लाख देउ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउन माग गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले विस्थापित परिवारलाई तत्काल आवास र एक लाख सहयोग उपलब्ध गराउन पनि सरकारसमक्ष माग गरेको छ।

बैठकले एमालेका सांसद तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुको एक महिनाको तलब पनि बाढीप्रभावितलाई दिने निर्णय गर्नुका साथै घर निर्माणका लागि ३ लाख अनुदान र ३ लाख निर्ब्याजी ऋण उपलब्ध गराउन पनि माग गरेको छ।

त्यसैगरी एमालेको केन्द्रीय सचिवालयको बैठकले बाढीपहिरो र डुबानप्रभावित क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणका लागि विशेष कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖