स्वास्थ्यमन्त्री हेलिकोप्टर चढेर आए, हेरेर मात्र गए, धुर्मुसले राहत बाँडे

अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा तीनजनाको मृत्यु भएको छ । जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्की ठाकुर, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घरमा आएका ६५ वर्षीय शिव महरा र लोहारपट्टी–१ का इन्दल महराको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार जिल्लामा तीनजनाको मृत्यु, तीन सय ४७ जना पूर्ण रूपमा क्षतिग्रस्त र १ सय ३० भन्दा बढी घर डुबानमा परेका छन् । वर्षा हुन छाडेपछि पानीको मात्रा घट्न थाले पनि पीडितहरू घर फर्कन सकेका छैनन् ।

राहत वितरण

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले भंगहा गाउँका बाढीपीडितलाई राहत वितरण गरेका छन् । बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका धुमुसले मधेसको पीडा बुझेर सकेको राहत सामग्री वितरण गरेको बताए । राहत पाएपछि पीडितहरूले खुसी व्यक्त गरेका छन् ।

मन्त्री हेरेर मात्र गए

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महेन्द्र आदर्श महिला माविमा आश्रय लिएर बढेका बाढीपीडितको निरीक्षण गरेका छन् । मन्त्रीको हेलिकोप्टर सदरमुकाम जलेश्वरको आकाशमा घुमिरहँदा राहत आएको आशासहित हेलिकोप्टर अवतरण गरेको स्थानसम्म पुगेका बाढीपीडित राहतभन्दा पनि आश्वासन मात्र पाएपछि खिन्न मन पार्दै फर्केका थिए । मन्त्री आउने र अस्पतालसमेत निरीक्षण गर्ने आशामा पुगेका जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरू समेत मन्त्री नगएपछि निराश भएर फर्केका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।