राजपा नेता यादव भन्छन्,- डुबान क्षेत्रमा कसरी जाने ? जानै सकिँदैन, हामीहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ

काठमाडौं, ३१ साउन । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले राजपाको मधेसका जिल्लाहरूमा जानै नसकिने अवस्था भएकाले तत्काल डुबान भएका स्थानमा शीर्ष नेताहरू नगएको प्रतिक्रिया दिनुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफूहरू काठमाडौंमा बसेर उद्धार र राहतका लागि दवाव दिइरहेको बताउनुभयो ।

‘डुबान क्षेत्रमा कसरी जाने । जानै सकिँदैन’, उहाँले भन्नुभयो, ‘हामी शीर्ष नेताहरू काठमाडौंमा बसेर निर्देशन दिइएका छौँ । राज्यलाई उद्धार र राहतका लागि दवाव दिएका छौँ ।’

उहाँले भन्नुभयो, ‘अध्यक्षमण्डलको बैठक बसेर बाढी पीडितलाई सांसदहरूको एक दिनको तलव दिने निर्णय भएको छ ।’ अध्यक्ष यादवले कार्ययोजना बनाएर राजपा अध्यक्षमण्डलका अध्यक्षहरू मधेस झर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।