‘दिलको घाउ कति दुख्छ’ – नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले ल्याइन सबैलाई रुवाउने यस्तो गीत – भिडियो सहित

चर्चित रियालिट शो नेपाल आइडलको टप ११ सम्म पुग् सफल भएकी गायिका मेनुका पौडेल सांगितीक कोसेली लिएर आफ्ना फ्यानहरुबीच आएकी छन् ।

भोटिङ प्रकृयामा टप ११ मा पुगेर प्रतियोगिताबाट बाहिरिएकी मेनुका मनै छुने मार्मिक गीत ‘दिलको घाउ कति दुख्छ’ भन्ने मेलोडियस सांगितीक कोसेली लिएर आएकी हुन् । नेपाल आइडलमा पनि मेनुकाले आफ्नो सुमधुर स्वरले दर्शक, श्रोता तथा जजहरुको मन जितेकी थिइन । जसलाई उनले यो गीतबाट थप पुष्टि गरेकी छन् । राज धमला निश्चल ‘ओखलढुंगे’को मार्मिक शब्दहरुमा सुरेन्द्र भट्टराईको सुमधुर सङ्गीतले गीतलाई थप सुमधुर बनाएका छन् ।

बिनोद भुजेल एरेन्जर रहेको गीतमा गायिका पौडेल आफैले अभिनय पनि गरेकी छन् । जसले भिडियो हेर्ने दर्शकले वास्तविक घटनामा भिडियो बनेको महसुस गर्नेछन । आफ्नो जीवनसँग मेल खाने भएकाले पनि पहिलो चोटि लिप्सिङ भन्दा बाहिर अरु भिडियो यस्तो नबन्ने पौडेलले बताइन म्यूजिक नेपालमा रेकर्डिङ भएको गीतलाई योजना म्युजिक फिल्म प्रालिले हाइलाइस नेपालबाट भिडियो सार्वजनिक गरेको छ । गीतका सर्जक राज धमला निस्चल ओखलढुंगेले नै भिडियो निर्देसन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।