हिलोमा लत्पतिँदै लठ्ठी टेकेर सप्तरी पुगेका प्रचण्डले दिए यस्तो बचन !

सप्तरी, ३२ साउन । लगातारको वर्षापछि आएको बाढीपछि तराईको जनजीवन निकै कष्टकर बनिरहेको छ । हालसम्म बाढीमा परी मृत्यु हुनेहरुको संख्या १ सय २३ जना पुगेको छ । बाढीले आहत बनेका क्षेत्रहरुमा शिर्ष नेताहरु पुग्न नसकेको परिवेशमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राहत लिएर पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले बुधबार बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् । हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर-कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरे ।

बाढा प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उनले राहतमा कुनै कमी हुन नदिने बताए ।

तराई/मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए ।

बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । ‘हामी यो रकम बढाउन सरकारसँग कुरा गर्छौं’ उनले भने, ‘यो रकम बढ्नेमा म आशावादी छु ।’

उनले बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गरे ।

प्रचण्डले सप्तरी जिल्लाका बढी बाढी पीडितलाई राहतसमेत वितरण गरेका छन् । हनुमाननगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री प्रचण्डले वितरण गरे ।

त्यसरी नै अध्यक्ष प्रचण्डले राजबिराज नगरपालिका-१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री वितरण गरेका छन् ।

बुधबार नै अध्यक्ष प्रचण्डले सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरे । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुःखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।