मधेसी जनताको भोटमा सांसद र मन्त्री बनेर मोज गर्ने, मधेस डुब्दा एक रुपैयाँ नदिने ?

तराई बाढी र डुबानले प्रभावित हुँदा समेत मधेसवादी दलका नेता काठमाडौंमै बस्दा तराईवासी आक्रोशित बनेका छन् ।

मधेसको भोटदेखि आन्दोलन र नाकाबन्दीसम्म तराईवासीको साथ लिएका मधेसवादी दलका नेता तराई डुब्दा उद्धार र राहत दिनुको साटो काठमाडौंमा बसेर विज्ञप्ति निकाल्ने मात्रै काम गरेपछि मधेसी जनताले आक्रोश पोखेका हुन् ।

विकास ठाकुर

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष मधेस झरेर राज्य सबै संयन्त्र परिचालन गरी राहत बाडिरहेका बेला यस्तो विपत्तिमा पनि मधेसी नेताले काठमाडौं छाड्न नसकेपछि मधेसी दलप्रति तराईमा आक्रोश बढेको हो ।

खासगरी आफूलाई मधेसको मसिहा ठान्ने राष्ट्रिय जनता पार्टीका नेताहरुप्रति मधेसी जनता असन्तुष्ट बनेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उनीहरुको आलोचना र विरोध पनि सुरु गरेका छन् ।

सर्लाही घर भएका हिन्दूवादी युवा नेता विकास ठाकुरले मधेसवादी दलका नेताको आलोचना गर्दै मधेसी जनताको भोट पाएर सांसद र मन्त्री बन्ने र अहिले उनीहरु विपत्तिमा पर्दा व्यक्तिगत रुपमा एक रुपैयाँ पनि सहयोग नगर्ने भनी प्रश्न गरेका छन् ।

हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष समेत रहेका ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत भोट दिएर सांसद र मन्त्री बनाउने जनता बाढी र डुबानबाट प्रभावित हुँदासमेत काठमाडौं नछाडेकोमा आक्रोश पोखेका हुन् ।

हिन्दूवादी नेता ठाकुरले भनेका छन्– मधेसी जनताकै भोट पाएर पटकौ पटक सांसद र मन्त्री बन्दै पार्टी अध्यक्ष बनेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाईसकेका मधेसका नेताहरुले बाढीपिडीतलाई आफ्नो ब्यक्तिगत तर्फबाट १ रुपैया सहयोग नगर्नुलाई के भने ? केवल सरकारलाई दोष दिनु र आफै स्कोरपियोमा घुम्नु, करोडौको घरमा सुत्नुलाई के भन्ने ? राज्यसत्ता दोषी छ, तर आन्दोलनमा जसलाई प्रयोग गरिन्छ । जसको भोटले जितिन्छ तिनीहरु नै मार्कामा हुँदा नेताहरु काठमाँडौ छोड्नु त टाढा एक रुपैया दिन पनि यस्तो गर्छन् । हैट ।

ठाकुरले भनेजस्तै बाढी र डुबान भएको एक हप्ता वितिसक्दा पनि मधेसी नेताहरु तराई झरेका छैनन् । राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, सरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झा काठमाडौंमैं संविधान संशोधनको लफडामा व्यस्त छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।