एमाले का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा उदयलाई छाड्न आग्रह

इलाम, ३ भदौ । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ ।

नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

भारतको केन्द्रीय सरकार र सम्बन्धित अधिकारीसँग कुराकानी गरी रिहाइको प्रयत्न गर्ने राजदूत उपाध्यायले बताउनुभयो । यसैगरी खनालले नेपालको परराष्ट्र मन्त्रालयमा पनि कुराकानी गरी तत्काल भारतको सम्बन्धित निकायसँग कुराकानी गरी तत्काल रिहाइको पहल गर्न अनुरोध गर्नुभएको छ ।

आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।