​राष्ट्रपतिले के भनिन् शीर्ष नेतालाई ?

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईरमधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छिन् ।

उनले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गरेकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।

शीर्ष नेतासँगको बैठकमा उनले भनिन् “बर्सेनि उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु र्पयो ।” भेटपछि सञ्चारकर्मीलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले राष्ट्रपति भण्डारीले तराईरमधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराईरमधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए ।

साथै शीर्ष नेताले तराईरमधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए ।

छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो । राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई आग्रह गर्नुभएको छलफलपछि नेता श्रेष्ठले बताए । उनले राष्ट्रपति भण्डारीले नेपालका दक्षिणी भूभाग बर्से्नि डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासमेत ल्याउन आग्रह गर्नुभएको जानकारी दिए ।

तराई÷मधेशका डुबानका कारण हालसम्म १३५ जनाको अकालमा मृत्यु भइसकेको छ, हजारौँ घर डुबान, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु दुईलाख, विपन्न परिवारलाई रु १५ हजार तथा दैनिक खानाका लागि ७० रुपैयाँ वितरण कार्य दु्रतरुपमा जारी राखेको जनाएको छ ।

प्रधानमन्त्री देउवाले हालै बाढीपहिरो पीडितको क्षेत्रको स्थलगत रुपमा भ्रमण तथा अवलोकन गरी खोज, उद्धार तथा राहत वितरणमा उच्च प्राथमिकता दिन निर्देशन दिएका थिए । राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन पनि आग्रह गर्नुभएको भेटपछि नेकपा एमालेका उपाध्यक्ष गौतमले सञ्चारकर्मीलाई जानकारी दिए । उनले संविधान संशोधनका विषयमा सहमति जुटाउन आफ्नो पार्टीसँग सत्तारुढ दलका नेताले वार्ता संवाद नगरेको बताए । राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।