रविको टिमलाई घुस दिन खोज्नेको स्टिङ अपरेसन, रवि भन्छन,- हामीलाई मार्न सक्नुहुन्छ तर किन्न सक्नुहुन्न, जनताको आवाज बोल्न हामीलाई कसैले रोक्न सक्दैन

सिधाकुरा टिमलाई घुस दिन खोज्नेको स्टिङ अपरेसन, २ लाख क्यास टेवलमा, एयरपोर्ट भाईरल भिडियोको तथ्य यस्तो

यहाँ जसले जसलाई किन्न मिल्छ ,मानौ यहाँ पैसा खानेहरुले अघाउन बिर्सेका छन् , राज्यले नै कार्वाही गर्नु पर्ने अपराधीहरुको लागि सिधाकुरा जनतासंग जनताको आवाज उठाए वापत राज्यकै लागि सायद टाउको दुखाईको बिषय हुदै छ होला सिधाकुरा जनतासंग ।

राज्य संचालकहरुलाई हरेक भागमा प्रश्न उठाउदै औला ठहर्यानु हाम्रो रहर होइन तर राज्य संचालकहरु नै भ्रष्ट भए पनिले गर्नु ?

देशको मुहार फेर्छु भन्दै राजनीतिमा लागेका हिजोको ख्याउटे नेताहरुको भुँडी अब त भोरियो होला अब त देशलाई बनाउने काममा लाग्नुस् । सिधाकुराको शुरुमा रबि लामिछानेले ब्यक्त गरेका विचार हुन् ।

एलसिसीआई नेपालले आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई ४ लाख पैसा अफर गरिएको छ ।

सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई एलसिसीआई नेपालको बिरुद्ध रिपोर्ट सार्वजनिक नगर्न भन्दै एलसिसीआई नेपालसंग सम्बन्धित व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए, भने २ लाख पछी दिने अफर गरेका छन् ।

कार्यक्रम सिधाकुरा जनतासंगमा यसबारे विशेष रिपोर्ट आज शनिबार साझको सिधाकुरा जनतासंग प्रसारण भयो ।

इराकबाट फेरि एक जना चेली रुदै आईन र आफ्नु कुरा सकि नसकी राखिन , कार्यक्रमको शुरु मै रुईन रविले पनि मन थाम्न सकेनन ।

बाढी पिडितलाई कसरी सहयोग गर्ने भन्नेबारे सिधाकुरा जनतासंगको टिमले ल्यायो यस्तो योजना ।

बाढी पिडितको लागि न्युज २४ र जनता बैंकको सहकार्यमा विपति राहत कोष स्थापना ,सहयोग गर्न चाहनेहरुले तलको खाता नम्बरमा सकेको सहयोग पठाउन सकिने रविले जनाएका छन् ।
खाता नम्बर ००३००२०४६०७४१०१

आजको भागबारे आफ्नु फेसबुकमा रबि भन्छन

”एलसिसीआई नेपालले ४ लाख घुस दिन खोज्यो, २ लाख क्याश टेबलमा राख्यो। हामीलाई मार्न सक्नुहुन्छ तर किन्न सक्नुहुन्न। घुस दिनेको हर्कतले हामीलाई नै लाज लागेर उनको अनुहार छोपी दिएका छौ। हेरेर शेयर गर्न नभुल्नुहोला।”

भ्रष्टचार गरेर भुँडी फुट्न लाग्यो अब देश बनाउने तिर लाग्नुस् नेताज्यु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।