विदेशबाट पैसा पठाएको एकहप्ता पछी अर्कैसगं कुम्लिएकी श्रीमतीलाई श्रीमानको मर्मस्पर्सी चिट्ठी (भिडियो सहित)

प्यारी पत्नी, ज्युदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ । बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए । तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे अरबमा, तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसिटिउरी गर्नमा तल्लिन भयौ । यो चाल पाएपछी, म ज्यादै विक्षिप्त भएको छु । मेरो मन धुजा धुजामा फाटेको छ ।

कुनै कुल्लीझै, मुटु भित्र गुम्सिएका तिम्रा सम्झाना र यादका भारी बोकेर काममा जानका लागि तयारी गर्दै थिए, त्यो दिन । अचानक नेपालबाट धनिराम काकाले फोन गरेर सुनाउनु भएको खबरले एक्कासी भाउन्न भयो । म भुइँमा ढलेछु । केहि समय पश्चात होसमा आएपछि, पीडा झन बल्झियो । मलाई विश्वास लागिरहेकै थिएन, तिमी अर्कै सङ्ग कुम्लिएको खबर । के चिजको कमि हुन दिएको थिए र? तिमीलाई चाहिएका कुराहरु पुर्याएकै थिए, होईन र ? पुरा भिडियो हेर्नुहोस् तपाईको आखा अवस्य रसाउने छ

https://youtu.be/Nza4T56hqHc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖