कसरी चल्यो बुबाको मुख हेर्ने चलन ? किन राखिन्छ घरमा कुश ?

हिन्दू धर्म संस्कृतिअनुसार आफ्ना मातापिता नहुनेले हरेक औँसीमा श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । तर, हरेक औँसीमा श्राद्ध गर्नु सधैँ सबैलाई सम्भव नहुन पनि सक्छ । सोही कारण औँसीमा एक छाक मात्र खाएर मातापितालाई श्रद्धासाथ सम्झने प्रचलन पनि छ ।

आफ्ना मातापिता जीवित हुनेहरूले मातातीर्थ औँसीका दिन आमालाई र कुशेऔँसीमा बुबालाई विशेष सम्मान प्रकट गर्छन् । त्यसो त आफ्ना मातापितालाई हरेक दिन सम्मान तथा आदर गर्नु हिन्दू परम्परा नै हो । तर, कुशेऔँसीमा टाढा भएका छोराछोरी पनि आफ्ना पितालाई भेट्न आइपुग्छन् । उहाँलाई मनपर्ने परिकार तथा विभिन्न उपहार दिने प्रचलन पनि छ ।

कुशेऔँसीको दिन बुबाको मुख हेर्ने भन्ने चलन शास्त्रमा उल्लेख गरिएको छैन । नेपालमा पहिला काठमाडौं उपत्यकाका नेवार समुदायमा मात्र यस्तो प्रचलन थियो । नेवार समुदाय जताजता फैलिँदै गयो, सो स्थानमा बुबाको मुख हेर्ने संस्कृति पनि फैलन थाल्यो ।

राम्रो संस्कृति पनि भएकाले अहिले नेपालमा सबै जातजाति तथा संस्कृति मान्नेले कुशेऔँसीलाई बुबाको सम्मान गर्ने पर्वका रूपमा मनाउन थालेका छन् । यो प्रचलन भारतीय हिन्दूहरूमा रहेको पाइँदैन ।

किन राखिन्छ घरमा कुश ?

कुशेऔँसीका दिन काटिएको कुश वर्षभरि नै शुद्ध हुन्छ भन्ने मान्यता छ । सोही कारण यो दिन काटिएको कुशलाई घरमा राख्ने प्रचलन पनि छ । शास्त्रअनुसार अन्य औँसीमा काटेको कुश महिनाभरि शुद्ध रहन्छ भने अन्य दिन काटिएको कुश दिनभर मात्र शुद्ध हुन्छ ।

कुशलाई घरमा राख्दा चट्याङ नलाग्ने तथा नकारात्मक ऊर्जालाई पनि नियन्त्रण गर्ने मान्यता छ । कुश वनस्पति भए पनि यसमा धेरै औषधीय गुण रहेको पाइन्छ । सोही कारण आयुर्वेदले पनि कुशलाई धेरै ओषधिको कच्चा पदार्थको रूपमा लिएको पाइन्छ ।

घरमा पनि कुशको आशनमा बस्दा उच्च रक्तचापलगायत धेरै रोग नियन्त्रण गर्छ । सोही कारण पनि कुशलाई धार्मिक मान्यता दिएर हरेक घरमा अनिवार्य राख्न लगाइएको हुनसक्छ । – नयाँ पत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।