आईजीपी प्रकरणमा मुद्दा खेपिरहेका डिआईजी नवराज सिलवालले पाए नयाँ जिम्मेवारी !

काठमाडौं, ५ भदौ । डिआईजी नवराज सिलवालाई गृहमन्त्रालयले राष्ट्रिय सुरक्षापरिषदमा सरुवा गरेको छ । आईजीपी प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका सिलवालाई गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुरक्षापरिषदमा सुरुवा गरिएको हो ।

सिलवालका आफूसँगैका ब्याचका सहकर्मीहरू आइजीपी र एआइजी भइसकेका छन् । आईजीपी विवादका कारण मुद्दा सर्वोच्चमा रहेकाले सिलवालको बढुवा हुन सकेको छैन ।

प्रतिस्पर्धामा रहेका मध्ये एक प्रकाश अर्याल अहिले आइजी छन् । बमबहादुर भण्डारी सिआइडी, चन्द रानीपोखरीमा एआइजीका रुपमा पदस्थापन भइसकेका छन् । सिलवालको भने जुनियर डिआइजीहरूसँगै साउन ३२ गतेको निर्णय अनुसार सुदीप आचार्य सरुवा भएर खाली भएको ठाउँमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖