असल छिमेकीको उदाहरण दिँदै चीनले थाल्यो नुवाकोटबाट यस्तो ऐतिहासिक काम ! (भिडियो सहित)

चीनले थाल्यो नुवाकोटका पुरातात्विक सम्पदाहरुको सर्वे

नुवाकोट, चीनले नुवाकोटको पुरातात्विक सम्पदाहरुको सर्वे थालेको छ । गित बिहिवार देखि चिनियाँ प्राविधिक टोली चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तल्ले दरबार सहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको सर्वे थालेको हो ।

गत साउन १९ गतेको अविरल वर्षाले लिच्छविकालीन तलेजु भवानी मन्दिर तथा दरबारको पूर्वीमोहडा भत्किएपछि चीनले सर्वे थालेको हो । गत ०७२ साल बैशाख १२ र २९ गतेको महाभुकम्पले दरबार क्षति पुर्‍याए पछि दुई वर्षदेखि सो दरबार टेकोकै भरमा छ ।

चिनियाँ प्राविधिकको ८ जनाको टोलीले सर्वेका लागि खटिएका छन् । उनीहरुले द्रोण उठाएर दरबार क्षेत्रको तस्बिर लिने, माटो परीक्षणका लागि संकलन गर्ने, क्षतिग्रस्त स्थानको टिपोट गर्ने कार्य गरिहेको छ ।

नुवाकोट दरबार क्षेत्रमा लिच्छविकालीन नान्यदेव बनाएको तुलजा भवानी मन्दिर तथा दरबार मल्लकालीन रंगमहल र गारद दरबार, लामपाटी, सेतोपार्टी, लिच्छविकालीन विष्णु र नारायण मन्दिर र पृथ्वीनाराण शाहद्वारा निर्मित पहिले नौतले हाल साततल्ले दरबार, लोप भएको बहादुर शाहको बैठक कक्षको चिनियाँ प्राविधिक टोलीले सर्वे गरिरहेको छ । ती सम्पदाहरु भुकम्पले माथिदेखि ढलेका थिए ।

रंगमहलको माथिल्लो तल्लादेखिनै भकिएको छ । त्यसैगरी साततल्ले दरबारको दक्षिण र पश्चिम गारोको एक भागमा भुकम्पले क्षति पुर्‍याएकाले टेको लगाएको छ ।

नारायण र विष्णु मन्दिर गजुरदेखि ढलेका छन् । लामपाटीको ठाउँठाउँमा गारो भत्केको छ । सेतो पाटी भईं तल्ला बांकी छ । यो पाटी पश्चिमा शैलीमा बनेको थियो । आधा दर्जन दरबार पुनर्निर्माण गर्न चिनियाँ प्राविधिक टोलीले काम गरिहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय साततल्ले दरबार संग्रहालयका प्रमुख अर्जुन फुयालले बताए ।

चिनियाँ पक्षले दुई मन्दिर नारायण र विष्णुलाई एउटा दरबारको रुपमा राखेर निर्माण गरिने भएको कार्यालयले जनाएको छ ।

ती दरबारहरु मर्मत गरेर हुनसक्ने भए मर्मत, रेक्टोफिट र अरु पुननिर्माण हुन सक्ने कार्यालय प्रमुख फुयालले बताए । पहिले नौ तल्ले हालको सात तल्ले दरबार गोरखाका राजा पृथ्वीनारायण शाहले ललितपुरबाट कालिगढ झिकाई १८१७ मा सुरु गरी १९ मा निर्माण गराएका थिए । यसमा काष्ठकलाको अनुपम नमूना दरबारमा राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖