तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ३ गम्भीर घाईते
धनकुटा खबर / तेह्रथुम, ६ भदौ । तेह्रथुमको छथर गाँउपालिका ५ ओख्रेमा गएराती ट््याक्टर दुर्घटना हुँदा चालक सहित ३ गम्भिर घाईते भएका छन ।

छथरको सुक्रबारे बजार देखी ओख्रे बजार तर्फ गई रहेका को १ त ६५६५ नम्बरको ट्क्याक्टर ओख्रे बजार नजिककै अधीकारी ढुङगा छेउमा गएराती ८ बजेर २० मिनेट जाँदा भएको दुर्घटनामा चालक सहित ३ जना घाईते भएको सुक्रबारे प्रहरीचौकी ईन्चार्च प्रशुराम गिरीले बताउनु भयो ।
दुर्घटनामा परी चालक ३७ बर्षिया मिलन छिरिङ सेर्पा समान्य घाईते ट्याक्टरका कामदार २२ बािर्षया केशर बिकको छातीमा गम्भीर चोट भएको र २१ बर्षिया नबराज दमाई देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर प्रहरीका अनुसार ब्रेक फेल भई दुर्घटनामा परी घाईते सबैलाई उपचारका लागी धरान स्थीत घोपा क्यापमा लगिएको प्रहरीले जनाएको छ ।


