काम खोज्दै आएको एक युबकले रोजगार दिने गेष्टहाऊसमै चोरी गरी फरार
धनकुटा खबर, भदौ ६ गते । धनकुटा बजारको दियालो गेष्ट हाउसमा होटल सञ्चालकलाई कोठामा थुनेर चलाखीपूर्ण चोरी भएको छ । धनकुटा नगरपालिका–७ मदनचौकमा रहेको उक्त गेष्ट हाउसबाट करिव ७३ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
आईतबार दिउँसो काम खोज्दै केवल कडरिया ईलाम घर बताउँने करिव २५ बर्षीय एक युवाले होटलमा रोजगारी दिन आग्रह गरेपछि परिक्षणका लागि उनलाई काम गर्न लगाईएको थियो । सोही राति होटल संन्चालक सुतेपछि बाहिरबाट कोठामा चुकुल लगाएर चोरी गरी रातिनै फरार भएको होटल सञ्चालक सोभित श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार ‘राती होटलको सवै काम सकेर हामी सुतेपछि कोठामा बाहिरबाट चुकुल लगाईदिई , राती हामीलाई थाहै भएन, बिहान ढोका फुटाएर बाहिर निश्किदा त सवै चोरेर रातीनै भागिसकेको रहेछ ।’
होटलमा रहेको वाकस फुटाएर ७३ हजार नगदसहित रिचार्जकार्ड लगायत चोरी भएको सञ्चालक श्रेष्ठले बताउनु भयो ।
आईतबार राति घटेको घटनाको प्रकृति हेर्दा ती युवक पेसेवर चोर रहेको अनुमान गरिएको होटल सञ्चालकका वुवा मिनकुमार श्रेष्ठले बताउनु भयो ।
‘दुःख पाएको मान्छे जस्तो लागेर विश्वास मानी काम गर्न दिदा पश्चाताप मान्न पर्यो श्रेष्ठले भन्नुभयो । घटनाको बिषयमा जिज्ञासा राख्दा अनुसन्धान गरेर चोरीमा संलग्नको खोजी भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनु भयो ।


