यस्तो देखियो धनकुटा हिलेमा तीज बिशेष रौनक… फोटो-भिडियो सहित

मातृभूमि महिला समाज धनकुटा १ हिलेको आयोजनामा हिलेमा तीज विशेष कार्यक्रम

धनकुटा खबर, भदौ ६ । मातृभूमि महिला समाज धनकुटा १ हिलेको आयोजनामा आज हिलेमा तीज विशेष कार्यक्रम सञ्चालन गरएको छ ।

समाजका केन्द्रिय अध्यक्ष सरस्वती खनाल पौडेलको अध्यक्षता तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सकुन्तला वस्नेतले समाजमा व्यप्त विकृती विसंगतीको अन्त्यका लागि लाग्न सम्पूर्ण महिला सहित सम्वन्धित संघ संस्थाका व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले अहिले पनि समाजमा महिलाहरु सभा सम्मेलन तथा वैठकहरुमा उपस्थित नहोउन भन्ने खालको पछौटे पनको सोच रहीरहेकै हुँदा यस्ता सोच परिर्वतनका लागि सकरात्मक हिसावले महिलाहरु नै लाग्नु पर्ने धारण राख्नुभयो । उहाँले “भन्नुभयो तपाई हामी सवै मिले समाज परिवर्तन हुन धेरै समय लाग्दैन । त्यसैले समाजमा व्यप्त विकृती विसंगती अन्त्य तर्फ सवैको ध्यान जाओस्”।

उपमेयर वस्नेतले पुरुषहरु महिलाको विरोधी भने नरहेको वताउदै महिलाहरुलाई सामाजिक सस्कार र चालन चलनले दोश्रो दर्जामा राखेको हँुदा त्यस्ता संस्कार र चालन चलनको कारण महिला प्रति हुने विभेद अन्त्यका लागि सवै एक हुनुपर्ने वताउनुभयो । साथै उहाँले अहिले पुरुष पनि महिलाहरुवाट पीडित हुने गरेको भन्दै त्यस तर्फ पनि ध्यान दिन जरुरी रहेको वताउनुभयो ।

त्यस्तै धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले मातृभूमि महिला समाजले समूदायमा राम्रा कामहरु गर्दैै आएको वताउदै संघको तर्फवाट आवश्यक सहयोग गर्ने वताउनुभयो । कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष खनालले यो संस्थाको धनकुटा सहित मोरङ्ग,चितवन,सुर्र्खेत र नुवाकोटमा शाखा कार्यलय रहेको जानकारी गराउदै अनाथ वालवालिकाको संरक्षण, सिप मूलक कार्यक्रम सञ्चालन तथा वेचिन लागेका महिला दिदीवहिनीहरुको उद्धार गर्ने लगायतका कार्यहरु संस्थाले गर्दै आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमकै अवसरमा समाजले तेकवान्दो खेलाडीद्धय विनिता घिमिरे र सुनिता तामाङ्गलाई सम्मान पत्र प्रदान गर्दै र जनप्रतिनीधिहरुलाई अविर लगाएर दोसल्ला ओढाई सम्मान गरेको छ । तीज सम्वन्धि गीतमा नृत्य समेत प्रदर्शन गरिएको कार्यक्रममा शिक्षक शारदा घिमिरेले आफ्नो प्रतिभा प्रदर्शन गर्दै सहभागीहरुलाई मनोरञ्जन दिनुभएको थियो । घिमिरेले मादल,वासुरी लगायतका विभिन्न खालका वाजाको ताल मुखले वजाउनुहुन्छ ।

धनकुटा नगरपालिका वडा नं १ हिलेका अध्यक्ष निरन तामाङ्ग,वडा सदस्य लालचन गोङ्गवा लगायताले शूभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समाजका सचिव कृष्णा आचार्यले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।