तराई मधेसका बाढी पीडितहरुका लागि ओलीद्वारा प्रधानमन्त्रीलाई १ करोडको चेक प्रदान

काठमाडौं, ६ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई पार्टीको प्रतिनिधि मण्डलसहित भेट्न पुग्नुभएका ओलीले चेक हस्तान्तरण गर्नु भएको हो ।

ओलीले एमालेका सांसदहरुको तर्फबाट संकलन भएको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्नुभयो ।

एमालेले यसअघि नै उद्धार र राहतमा खटेका पार्टी कार्यकर्तालाई राहत सामग्री प्रदान गरेको थियो । तराईका १४ जिल्लामा एमालेका जनवर्गीय संगठनहरु राहत सामग्री र चिकित्सक सहित औषधी लिएर परिचालित भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।