नवनियुक्त मन्त्रीहरुप्रति कठोर व्यंग्य-वाण प्रहार गर्दै रविले भने,- अब यो देशको बिकाश, उन्नति, प्रगति, सम्बृद्धिले आकाश छुने छ होला…

“अब यो देशको बिकाश , उन्नति , प्रगति , सम्बृद्धिले आकाश छुने छ होला किनकी यो ५० जना मन्त्रीहरुले नेतृत्व जो गर्दै छन्”, रविले वर्तमान नवन्युक्त मन्त्रीहरुप्रति कठोर व्यंग्यात्मक वाण प्रहार गर्दै आजको सिधाकुरा जनतासंगमा ब्यक्त गरे ।

नवन्युक्त मन्त्रीहरु सबै राज्यको लागि भार भन्दा अरु केहि पनि होइन , त्यही भएर सफल कार्यकालको आश छैन तर सफल जीवनको शुभकामना भन्दै रविले देउवा सरकारप्रति कठोर प्रहार गरेका छन् ।

काम नै नभएका मन्त्रीहरु न्युक्ति गरेर यो देशलाई नचाहिदो आर्थिक भार थप्ने अधिकार कसले दियो भन्दै रविले जनताको आवाजलाई पनि कठोर रुपमै प्रस्तुत गरेका छन्

आजको भागबारे रविले यस्तो कठोर शब्दमा फेसबुक पोस्ट नै गरे

मैदानमा उत्रीसकेपछि अब डराउने सुबिधा रहेन। दिनमा २० जना भन्दा धेरै मानिसहरु रोएको देखेपछि हिम्मत होईन ज्वाला बल्छ ज्वाला।

न्युज -२४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग अहिले थुप्रै न्याय नपाएर अन्याय,अफ्ठ्यारो र आपत बिपदमा परेकाहरुको लागी मद्धत गर्ने भरपर्दो माध्यम बनेको छ।

यस कार्यक्रमका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्। रवि लामिछानेले देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

वर्गीकृत विज्ञापन गर्दै रोजगारको नाममा सिधासाधा जनतालाई ठग्नेहरुको एउटा ग्यांगलाई सिधाकुरा जनतासंगको टिम र नेपाल प्रहरीले गरेको स्टिङ अपरेसन भएको पर्दा पछिको ठुलो ठुलो घृणित कामको पर्दाफास भएको छ ।

यस्तै आफ्नै बुवालाई आफ्नै कलेजो दिएर चर्चाको शिखरमा रहेकी सरिताको जीवनमा फेरि आयो अर्को आपत ,उनकि आमाको दुवै मृगौलाले काम नै गर्न भएको र सोको उपचारको लागि सरितालाई आर्थिक सहयोगको जरुरि छ भन्दै रविले पनि सहयोग गर्न सबै मनकारीहरुमा अनुरोध गरेका छन् ।

सिधाकुराको अर्को स्टिङ अपरेसन, तीन जनाको हातमा हतकडी, हेर्नुहोस् हामीले बनाउने वस्तीको नमुना ! 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖