पूर्व युवराज्ञी हिमानीद्वारा २५० परिवारलाई राहत वितरण

पर्सा, ७ भाद्र । पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई आज पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गर्नुभयो ।

पोखरिया नगरपालिकास्थित श्री जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गर्नुभएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।