धनकुटामा पशु बीमा गर्नेको संख्यामा बृद्धि

धनकुटा खबर, भदौ ८ । ब्यबसायीक पशुपालनमा राज्यको लगानी संगै धनकुटामा पशु बीमा गर्नेको संख्यामा पनि बृद्धि भएको छ ।

बीमा कारण पशुहरु मरेपनि क्षतिपूति पाईने भएकोले ब्यवसायीक पशु पालन र पशु बीमामा बृद्धि आएको जिल्ला पशु कार्यालयका निमित्त प्रमुख झविन्द्र मरासिनीले जानकारी दिनुभयो ।


तस्वीर: चरणबाट घरतर्फ आफ्ना गाईबाख्रा लाँदै धनकुटाको साँगुरी गढी गाउँपालिका स्थित बुढिमोरङ गाउँका महिलाहरु

बीमा कार्यक्रम लागु भएको आर्थिक बर्ष २०७१÷०७२ मा ६९ लाख २५ हजार बरावरको गाई÷भैसी गरी ७७ वटा पशुहरुको बीमा भएको धनकुटामा गत आव सम्ममा उक्त संख्यामा बृद्धि भएर २ हजार ३ सय ६६ पुगेको छ ।

उक्त बीमा संख्या बढेर आर्थिक बर्ष ०७२÷०७३ मा ४ सय १२ पुगेको जिल्लामा हाल सम्म ८९ करोड ५० लाख ७१ हजार मल्य बरावरको २ हजार ८ सय ८६ पशुपंक्षीहरुको बीमा भएको पहु कार्यालयको तथ्यांक छ

बीमा शुरुभएका बर्षमा २ सय ३ फर्म रहेको धनकुटामा गएको गत बर्ष ३ सय ३६ र चालु आर्थिक बर्ष सम्ममा ४ सय ९७ पुगेको छ ।

ती आर्थिक बर्षहरुमा सरकारले पशु पालनको क्षेत्रमा क्रमशः १ करोड ६६ लाख ४४ हजार ,१ करोड १३ लाख १० हजार र ४ करोड १५ लाख ६१ रुपैया खर्च गरिएको थियो ।

हाल धनकुटामा गाई,भैसी,भेडा,बाख्रा,संगुर,कुखुरा,हाँस,परेवा,खरायो,कुकुर गरी कुल ११ लाख ३९ हजार ७४ कार्यालयको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।