मोदीले नेपाली भाषामै भने,- ‘तपाइहरुलाई भारतमा स्वागत गर्दा मलाई धेरै खुशी लागेको छ’ (भिडियो सहित)
प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री नेतृत्वमा भएको दुई पक्षीय औपचारिक वार्तापछि नेपाल र भारतबीच आठ वटा सम्झौतापत्रमा हस्ताक्षर भएका छन्।भारतले पुनर्निर्माणका लागि घोषणा गरेको १ अर्ब डलरमध्ये २५ करोड डलर अनुदान थियो।त्यसमध्येबाट आवास निर्माण तथा स्वास्थ्य, शिक्षा र पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका लागि रकम खर्च हुनेछ।यसैगरी मेची पुल, लागूऔषध, गुणस्तर मापदण्ड तथा दुई मुलुकका चार्टर्ड एकान्टेट्स् निकायहरुसँग सम्बन्धित समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
मोदी र देउवाले संयुक्त पत्रकार सम्मेलन गर्नु पूर्व कुशाहा-कटैया र रक्सौल-परवानीपुर विद्युत प्रसारण लाइनको उद्घाटन गरे।ती प्रसारण लाइनबाट नेपालले थप १०० मेगावट बिजुली ल्याउन सक्छ।अहिले भारतले नेपाललाई ३५० मेगावट बिजुली विक्री गरिरहेको छ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा समाजका सबै वर्गसँग संवाद गर्ने क्रम जारी रहने र संविधानको कार्यान्वयन हुने विश्वास व्यक्त गरे।मोदीले सम्बोधन गर्ने क्रममा नेपाली भाषामा भने -‘तपाइहरुलाई भारतमा स्वागत गर्दा मलाई धेरै खुशी लागेको छ।’
मोदिले अगाडि भने -मेरो सौभाग्य हो मैले भारतमा प्रधानमन्त्री देउवालाई स्वागत गर्ने अवसर मिल्यो।
देउवाको यात्रा यस्तो समयमा भयो हामिले हाम्रो राजनैतिक सम्बन्ध स्थापनाको सत्तरी बर्षगाँठ मनाईरहेका छौ। तर हाम्रो सम्बन्ध हिमाल जत्तिकै पुरानो छ। हाम्रो दुवै देशको नियती एक-अर्कासँग जोडिएको छ।एक-अर्काको सम्वृद्धि र सुखमा साझेदारी रहेको छ। हामी दुवै देशले एक अर्काको उपलब्धिमा गर्व गर्ने गरेका छौं ।


