मुलुक डुबाउने राष्ट्रघातीहरुको भाषणमा ताली बजाउने झोले, खोले, नबोले जनता रहुन्जेल नेपाल बनिँदैन

मदिरा पिएको कसुरमा २८ नेपाली साउदी जेलमा, बैंक र सहकारीको यो कर्तुत हेर्नुहोस्

अाजकाे सिधाकुरा जनतासँगमा उठान हुने विषयहरूमा बैङ्क अफ काठमाण्डुले अर्कैका फोटो र हस्ताक्षर राखेर अर्कैकाे तिन पुस्ते नाम निकाले ऋण लिएकाे, धर्म छोरा बनाएकाले नै श्रवणकुमारकाे करोडाै सम्पत्ति हत्याएर रोडमा फालेपछि न्यायका लागि लडिरहँदा विरामी परेकाले सहयोग गरिएकाे, सहकारीले विभिन्न बहानमा पैसा उठाएर भागेका र समाते पनि थोरै रकममा छुटेको, त्यस्तै साउदीकाे जेलमा परेका २८ जना नेपालीहरूकाे यो दुःखद कहानीहरू समावेश गरिएकाे छ ।

कर तिरि राख्ने तर समृद्धि सुशाषण नभएपनि चुपचाप बस्ने हामी जनता, हामी हिड्दा र डुल्दा खाल्डोमा परेर मर्ने हामी जनता, महंगी र कालाबजारीले अाकाश छुँदा पनि जति भन्यो त्यति नै तिर्ने हामी जनता, भूकम्पले घर ढलोस, वा बाढिले घर बगायोस, चाउचाउ खाएर अरबाै हसुर्नेहरूकाे भाषणमा ताली बजाउने हामी जनता, तीन बर्षमै ४ जना प्रधानमन्त्रीसँग हात मिलाएर दिक्क लागे पनि मुसुक्क हाँसेका मोदी र अब चीन तिरकाे तीर्थ यात्राकाे मिति तय सुन्न बसेका हामी जनता…. यस्तै हो नेपाली जनता ।

बैङ्क तथा वित्तिय सँस्थाबाट ठगिएकाहरूका लामो लाइन त एकातिर छदैछ तर बैङ्क अफ काठमाण्डुमा कहिल्यै सम्पर्क नभएका व्यक्ति कञ्चनपुरकि सुरेखा कार्कि जस्का नाममा बैङ्कले ऋण लिएकाे भनि कालो सूचिमा राखेकाे छ। यति मात्र होइन, नाम थर मिले पनि फोटो नमिलेपछि गरिएको निवेदनमा बैङ्कले यता र उता जानुस भन्दै बैङ्कले ठग्नै तम्तैयार भैरहन्छ । सुरेखा कार्किले तव थाहा पाइन जब उनका तीन पुस्ते पत्रिकामा निकाल्यो । कसैले गीता अाचार्यकाे फोटो राखेर सुरेखा कार्कीकाे नाममा अर्कै व्यक्तिले पैसा लिएर गाडी किनिसकेकाे रहेछ । अहिले सुरेखा बैंकका हेडअफिस र ब्रान्चमा फोटो र हस्ताक्षर फरक भएकाले यस्काे अनुसन्धान गर्न भनिरहँदा बैङ्क कर्मचारीले उल्टा थर्काइरहेकाे छ ।

न्यायका लागि नमरून्जेल लडने श्रवणकुमार शर्मा अहिले विरामी पर्दै, छोरा बनाएर पालेका एक व्यक्तिले शर्माजीलाइ ठगेर सबै सम्पत्ति हत्याएर अहिले बाटोमा फाले । यसैका लागि न्यूज २४ टिभी मार्फत उक्त घटनाकाे जगजाहेर गराइसकिएकाे र अहिले करोडपति शर्मा जी, अहिले रोडमा छन । उनकाे यस सहासमा साथ दिदै न्यूज २४ ले सहयोग सँकलन गरेकाे नीज शर्माकाे उपचार गराएर न्याय जिताउन अगाडि बढेकाे छ ।

टोलटोलमा खोलिएका सहकारीहरूले राम्रो काम गरेर उदाहरणीय काम पनि गरेका छन् । सहयोग लिएर कसैले जिवन उकासेका पनि छन् । तर कुनै कुनै सहकारीले चर्काे व्याजदरमा ऋण उपलब्ध गराएर लुट्दै अाएका छन् । कतिपय सहकारी त जनताहरूलाइ दैनिक बचत गर्न लगाउने तर करोडाै भएपछि ठगेर भाग्ने गरेका धेरै उदाहरूण हरू छन । कथमकदाचित उनिहरलाइ समातेर थुनिए पनि थोरै रकममा सञ्चालकहरूले उन्मुक्ति पाउने गरेका छन् । यस्तै धेरै सहकारीहरू सञ्चालकहरूले सर्वसाधारणलाइ ठग्दै गरेका छन । दश लाख ऋण लिएकाे केहि बर्ष भित्र बुझाउन जाँदा करोड बढिकाे हिसाव निकाल्न पछि नपर्ने सहकारीहरूकाे बारे यस्ता धेरै सहकारीबाट सावधानी अपनाउन जरूरी छ । अब फेरि सहकारीकै कारण घरवार विहिन बनेर बलिन्द्र अाँशु बहाइरकाहरू बारे सहकारी प्रमुखकाे धारणा भिडियोमा हेर्नुहाेला ।

साउदीकाे जेलमा १० महिनादेखि अलपत्र परेका २८ जना नेपालीहरूकाे अावजा सुनिदिने कोहि नभएपछि सिधाकुरा जनतासँग सम्पर्क भएकाे छ । मेनपावर कम्पनी र काम दिने कम्पनीहरूका लापरवाहीका कारण दुःख पाएका नेपालीहरूका कथा सुनि नसक्नु छ ।

पटक पटक दुतावासकाे सहयोग अपेक्षा गरे पनि कुनै सहयोग नपाएपछि न्यूज २४ लाइ खबर गरेका छन् । उनिहरू दशैका बेलामा रमाइला गरेका ती नेपालीहरू कोठामै रक्सी बनाएर पिएपछि कसैले सुराकि गरिदिएपछि उनिहरू जेल परेका थिए । नेपालका झापादेखि रोल्पासम्मका ती नेपालीहरूले बारम्बार उद्दार गरि नेपाल पठाइदिन साउदी अरेविया स्थित नेपाली दुतावासले सानो सहयोग गरिदिए उनिहरू नेपाल फर्कने पाउने अपेक्षा गरेका ती नेपालीहरूकाे अबकाे अाशा बनेकाे छ न्यूज २४ । यसका बारेमा साउदी अरेवियाका लागि नेपाली दुतावासका राजदुत महेन्द्र सिँहसँग गरिएकाे कुराकानी पनि अाजकाे भिडियोमा हेर्न सकिनेछ ।

अन्तमा न्यूज २४मा सहयोग गर्ने सँघसँस्था र व्यक्तिहरूका कारण उर्जा बढेपछि न्यूज २४कै सहकार्यमा नमुना बस्ती बनाउने योजना रहेको खबर र अहिलेसम्म् सहयोगीहरूकाे नाम पनि सुन्न सकिनेछ ।

https://youtu.be/RxZvftsoNJ8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।