प्रधानमन्त्री देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !

काठमाण्डौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश चीनको प्रशंसा गरेका छन् । उनले चीनले नेपालको सार्वभौमसत्ताको जहिले पनि सम्मान गर्ने गरेको बताएका हुन् ।

पाँच दिने राजकिय भ्रमणमा भारत गएका देउवाले चीनबाट नेपाललाई कुनै खतरा नभएको भन्दै उसले जहिले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गरेको बताएका छन् ।

भारतिय जनता पार्टीका महासचिव राम माधवले नेतृत्व गरेको इन्डिया फाउन्डेसनले बिहिबार आयोजना गरेको कार्यक्रममा देउवाले नेपाल–चीन सम्बन्ध सदियौंदेखि असल भएको बताएका छन् । उनले चीन सरकारसंग नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै नेपालले चीनबाट कहिले पनि समस्या भोग्नुनपरेको स्पष्ट पारे ।

इन्डिया फाउन्डेसनले दिल्लीको इम्पेरिकल होटलमा आयोजना गरेको नागरिक सम्मान समारोहमा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपाल असुरक्षीत हुन सक्ने भनाई सार्वजनिक भएपछि देउवाले त्यसको कडा प्रतिवाद गरेका हुन् । देउवाले भने, ‘हाम्रो चीन असल छिमेकी मुलुक हो, चीनबाट हामीलाई कुनै समस्या झेल्नुपरेको छैन् ।’

प्रधानमन्त्री देउवाको भनाईपछि दिल्लीमा तरंग पैदा भएको छ । प्रधानमन्त्री देउवाबाट उक्त अभिव्यक्ति सार्वजनिक भएपछि परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुरलाई भारतीय अधिकारीले यसबारेमा गम्भिर चासो व्यक्त गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।