देउवाले सिंगो देशको शीर निहुर्‍याए : ओली (भिडियो सहित)

काठमाण्डौ, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरवहादुर देउवाले भारतमा देखाएको कृयाकलाप र अभिब्यक्तिले लज्जाबोध भएको भन्दै कडा टिप्पणी गरेका छन् । ओलीले प्रधानमन्त्रीले भारतमा राष्ट्रिय स्वाभिमानको पनि ख्याल नगरेको बताएका छन् ।

स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संक्षिप्त कुरा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीले देउवाले संविधान संसोधनको विषयमा दिएको अभिब्यक्तिलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्रीले असान्धर्भिक कुरा उठाएको टिप्पणी गरेका छन् । उनले भारतलाई खुसी पार्न प्रधानमन्त्रीले यस्तो कृयाकलाप गरेको आरोप लगाएका छन् ।

ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएर प्रधानमन्त्रीले लज्जाबोध गराएको बताए । संसदमा आफै उपस्थित भएर गरेको निर्णयका विरुद्ध विदेशमा गएर अनर्गल कुरा गर्दै आफ्नै निर्णयको धज्जी उडाएको टिप्पणी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।