बोक्सो को अभियोगमा कुटपिट गरी मलमूत्र खुवाएपछि…

नुवाकोट, ९ भदौ । पञ्चकन्या गाउँपालिका–२ कविलास स्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दैै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ ।

अन्ठाउन वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन शुरु गरेको छ ।

घटना यही भदौ २ गते भए पनि पीडक धनबहादुरको दबाबमा पीडित गंगालाल न्यायका लागि पहल नगरी घरमा नै बसेको सूचना पाएपछि आज इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरेको हो ।

घटनाको प्रत्यक्षदर्शी, स्थानीय बासिन्दालगायतसँगको सोधपुछपछि गंगालालमाथि अमानवीय व्यवहार भएको पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । “घटनाका पीडितले न्यायको अपिल गरेका छन् ”, विष्टले भन्नुभयो, “प्रहरीको टोली देखेपछि पीडक धनबहादुरसमेत गाउँ छाडेकाले नियन्त्रणको प्रयास भइरहेको छ ।”

कुटपिटबाट टाउको र शरीरका विभिन्न अंगमा चोट लागे पनि पीडितले घरमा उपचार गराउँदै आएकाले उपचारको समेत आवश्यकता रहेको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दा एवम् घटनाका प्रत्यक्षदर्शीका अनुसार धनबहादुरकी छोरी बिरामी भएकाले गंगालाललाई झारफुक गरी बिसेक बनाउन आग्रह गरिएको र नमानेपछि कुटपिट र मानब मलमूत्रसमेत खुवाइएको हो । गंगालालले झाँक्री काम गर्ने गरेका थिए ।

घटनाका प्रत्यक्षदर्शी श्यामबहादुर श्रेष्ठका अनुसार पीडकले अमानवीय व्यवहार गर्दै पीडितलाई घटना बाहिर नल्याउन दबाब दिएका थिए । स्थानीय बासिन्दाले सञ्चारकर्मीको सहयोगमा प्रहरीलाई घटनाको जानकारी गराएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।