एमाले निकट कर्मचारीहरुको संगठन चामल लिएर पुग्यो डुवान पीडित मुसहर वस्तीमा
महोत्तरी, १० भदौ । एमाले निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी संगठनले महोत्तरीका डुवान प्रभावित बस्तीमा खादान्न सहितको राहत वितरण गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका स्थित भटौरियाको मुसहर वस्तीमा पुगेको टोलीले प्रतिपरिवार २० केजीका दरले चामल वितरण गरेको थियो ।

एमाले केन्द्रीय सदस्य सरोज यादवको प्रमुख आतिथ्यमा भएको राहत वितरण कार्यक्रममा मुसहर वस्तीका १८० परिवारलाई प्रतिपरिवार २० केजीका दरले चामल वितरण गरिएको थियो । राहत वितरणमा निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, नौतम पोखरेल पनि हुनुहुन्थ्यो ।

यस्तै रामगोपालपुर नगरपालिकामा पनि उक्त टोलीले प्रति परिवार १० केजी चामल, १ केजी दाल र एक केजी नुन वितरण गरेको थियो ।
एमालेले आफ्ना सवै जनसंगठनलाई विभिन्न जिल्लामा उद्धार र राहतका लागि खटाएको थियो । जस अन्तर्गत तराईका डुवान प्रभावित जिल्लामा एमाले जनसंगठनहरु उद्धार, राहत र पुनर्निर्माणमा सक्रिय छन् ।


