सार्वजनिक भयो नेपाल आईडलका निशान भट्टराई को नयाँ गीत, हेर्नुहोस् बजार तताउने गीत

काठमाडौं । धेरै गायक गायिकाहरुको मनमा बस्न सफल एउटा नाम हो सुभाष प्रधान। बिगत ९ बर्ष देखि नेपाली कलाकारहरुको सांगीतिक गतिबिधिलाई सफल बनाउन यी व्यक्ति फेरी पनि खुशीले हर्सित छन्। यस मानेमा नेपाल आइडलका दाबेदार तथा हुन्हार गायक निशान भट्टराईको सन्दर्भ जोड्दै छु। अरुको खुशीमा सधै रमाउन खोज्ने सुभाष यति बेला निशानको सफलता र प्रगतिमा एउटा मेरुदण्ड भएका छन्।

मिडिया प्रमोटर सुभाष प्रधानले पहिलो पटक निशान भट्टराईको आवाज गायक तथा संगीतकार उस्ताद सत्यराज आचार्यको मधुशालाको सांगीतिक भ्रमणमा तबला बादक बि। पी सिंहको मोइबाल फोन बाट एउटा अडियो सुन्ने अवसर पाएका थिए। सो अडियो सुने पछि उनले बि। पी सिंहलाई निशान सँग भेटाउन आग्रह गरे। तर निरन्तर दुई महिनाको फोन बार्ता पछि अन्तयमा निशान सँग भेट भयो म्यूजिक जोय मिडियाको अफिसमा जब निशानको आवाज गुन्जन्छ तब हरेको व्यक्तिको ध्यान अर्कै संसारमा पुगेको आभास हुन्छ भन्छन् सुभाष प्रधान।

केहि समय अगाडी सेलिब्रिटी म्यानेजमेन्ट नेपालले आयोजना गरेको “सोल्फुल भोइस” नामक एउटा सांगीतिक कार्यक्रममा उतारेका थिए नेपाल आइडलका प्रतिस्प्रदी निशान भट्टराईलाई। सोहि कार्यक्रममा मिडिया प्रमोटर सुभाष प्रधानले निशानलाई एउटा सिंगल ट्राक एल्बम रेकर्ड गरिदिने बाचा गरे।

नेपाल आइडलमा प्रवेश गर्नु २ घण्टा अगाडी उने उक्त गीतलाई रेकर्ड गरेका थिए। अहिले सोहि एल्बल “कतै मिलन” १९ सौ इमेज अवार्डमा सर्वोत्कृष्ट नव प्रतिभा, सर्वोत्कृष्ट बर्षको गीत र सर्वोत्कृष्ट संगीतमा मनोनयनमा परेको छ। सोहि गीतको संगीत किरण कडेल र रचना सुभाष गौतमले गरेका हुन् भने यसको अडियो व्यवस्थापन म्युजिक जोय मिडियाले गरेको हो। – लाईटनेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖