सुनितामी परियारलाई आँखा मारेपछि… (भिडियो सहित)
काठमाण्डौ । सरगम संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायिका सुनितामी परियारको अर्को उत्कृष्ट लोकदोहोरी गीत “आँखा मार्योंनि”बजारमा आएको छ। बहुचर्चित सर्जक शिब हमालको उत्कृष्ट शब्द र सुनितामी परियारको मनै छुने लय सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने चर्चित गायिका सुनितामी परियार र अर्जुन सुनामले दिएका छन ।चर्चित मोडल तथा गायक सुमन परियार र सबिता परियारको दमदार अभिनय रहेको गीतको निर्देशन भने बिनोद सुन्दासले गरेका हुन् ।सन्तोष ढकालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने किशन बिसीले गरेका हुन् । गीत निकै उत्कृष्ट बनेको छ । भिडियो हेर्नुहोस


