किराँत लिम्वुवान–खम्वुवान व्युरो समिति गठन

धनकुटा खबर, भदौ १३ । राष्ट्रिय जनमुक्ति पार्टीले एक नम्वर प्रदेश स्तरिय किराँत लिम्वुवान–खम्वुवान ५५ सदस्सीय व्युरो समिति गठन गरेको छ ।

भेडेटारमा मंगलवार सम्पन्न एक नम्वर प्रदेश स्तरिय भेलाले निर्वाचन परिचालन व्युरो समिति अध्यक्ष के.पी. पालुङ्गवाको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।

त्यसैगरी व्युरोको सह–संयोजकमा पार्टी उपाध्यक्ष एवं लिम्वुवान राज्य परिषदका इन्चार्ज चन्द्र वहादुर खापुङ्गहाङ्ग र केन्द्रिय सचिव एवं खम्वुवान इन्चार्ज बलदिप प्रभाश्वर चाम्लीङ्ग राईलाई सर्वसम्वत चयन गरिएको छ ।

सदस्य सचिवमा पार्टीका केन्द्रिय संघिय परिषद सदस्य प्रकाश याङ्गदेन र सह–सदस्य सचिवमा विष्णु थाम्देनलाई चयन गरिएको छ । आर्थिक समितिको संयोजकमा पार्टी केन्द्रिय उपाध्यक्ष मिना पन्धाकलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा लिम्वुवान राज्य परिषदका अध्यक्ष अम्वरवहादुर पन्धाक, संघिय परिषद सदस्य कर्ण विक्रम तुम्वाहाम्फे, संघिय महासभा अध्यक्ष मण्डलका सदस्यद्धय लोकवहादुर कन्दङ्गवा, हर्कमान तुम्वाहाम्फे, संघिय परिषद सदस्य शान्ती देवी राई, पृथ्वी वहादुर वेगा, शान्ता खापुङ्गहाङ्ग लगातका रहेका छन् ।

त्यसैगरी संघिय पत्रकार परिषदका किराँत लिम्वुवान–खम्वुवान इन्चार्ज दिपिन राई (झापा) को संयोजकत्वमा १४ सदस्यीय प्रचार प्रसार समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा लोक आङ्गला सुनसरी, सविला मोक्तान धनकुटा र राजन साङ्गपाङ्ग (झापा) लगायतका रहेका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष खड्ग प्रसाद पालुङ्गवाको प्रमुख आतिथ्यमा ३ दिन सम्म सम्पन्न्न हुने व्युरो भेलामा एक नम्वर प्रदेश स्तरिय किराँत लिम्वुवान–खम्वुवानका राज्य परिषद अन्तर्गतका केन्द्रिय पदाधिकारी, संघिय परिषद सदस्यहरु, संघिय महासभा अध्यक्ष मण्डलका सदस्यहरु, राज्य परिषदका अध्यक्ष र जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

भेलालाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्ष पालुङ्गवाले निर्वाचनमा सरकारले ३ प्रतिसत थ्रेसहोल्ड लगाएकाले थ्रेसहोल्डको सामना गर्न कुनै कसी वाँकी राख्न नहुनेमा पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले आगामी मंसिर १० गते हुने प्रदेश र संघको निर्वाचनमा खम्वुवान र लिम्वुवानमा जसरी भए पनि राष्ट्रिय जनमुक्ति पार्टीले थ्रेसहोल्डको सामना मात्र हैन सत्ता कव्जा गर्ने गरि अघि वढ्न उपस्थित् नेताहरुलाई अनुरोध सुमेत गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।