धरान–धनकुटा सडक पटक–पटक अबरुद्ध हुँदा पर्यटन प्रभावित
धनकुटा खबर, भदौ १५ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड पहिरोले पटक–पटक अबरुद्ध हुंदा पूर्वको पर्यटकीय नगरी भेडेटारको पर्यटन ब्यबसाय प्रभावित बनेको छ ।

गएको साउनमा परेको अविरल बर्षत्का कारण धरान देखि ७ किमि उत्तरमा रहेको आँपगाछी नजिक राजमार्ग पहिरोले बगाएर सवारी आवागमनमा समस्या भएको छ ।
खराव बाटोका कारण भारतको पशिचम बंगाल,बिहार र पूर्वी नेपालका पर्यटकहरु साना सवारी लिएर भेडेटार आउन नसकेपछि भेडेटारको पर्यटन ब्यबसाय प्रभावित भएको होटल एशोशियसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।
लावतीले भन्नुभयो,‘दैनिक १० लाख सम्मको होटल ब्यपार हुने भेडेटारमा अहिले मन्दी लागेर २ लाखको ब्यपार पनि छैन ।’
अहिलेको गर्मी सिजनमा दैनिक २ हजार ५ सय भन्दा बढी भारत र नेपालका पर्यटकहरु आउने भएपनि बाटो अवरोधका कारण गएको २० दिन यता दैनिक ५ सय सम्म मात्र पर्यटक आउने गरेको अध्यक्ष लावतीले जानकारी दिनुभयो ।

तस्वीर: भत्किएको राजमार्ग सफा गर्न लगाउँदै एक ट्राफिक प्रहरी । बाटो बनेपछि पर्खाईमा मोटरसाईकलहरु


