८ करोड लिएर युनाइटेड सिटिजनका सन्चालकहरु फरार, यसरी ठगिए ३ सय जनता (भिडियो सहित)
ठमेलमा रहेको युनाइटेड सिटिजन बहुद्देश्यीय सहकारीबाट ३ सय भन्दा बढी मानिस ठगिएका छन् । सहकारीका संचालकहरु करिव ८ करोड रकम लिएर अकस्मात सम्पर्कविहीन भएपछि यतिखेर पीडितहरु संस्थाको कार्यालय, डिभिजन सहकारी र प्रहरीकोमा धाउँदैमा हैरान छन् । दुख गरेर कमाएको रकम लिएर सन्चालकहरु फरार भएपछि अहिले न्यायको खोजी गर्दै विभिन्न कार्यालय धाइरहेका छन् । थप भिडियोमा हेर्नुहोस्


