राजनैतिक दलहरुको गलत हर्कतले बिदेशिन बाध्य बनायो त्यही दलको शाखा खोलेर के प्रमाणित गर्न चाहन्छन बिदेशिएका नेपालीहरुले ?

जापानबाट हराएकी सविना महर्जन काहाँ छिन् ? थुक्ने व्यक्ती अझै थाकेन्न ? - हेर्नुहोस् भिडियो

राजनैतिक दलहरुको गलत हर्कतले गर्दा देशको दुरावस्था भयो सबै अस्तव्यस्त र देशमा बेरोजगारी बढ्यो जसले गर्दा बाध्य भएर देशका ६० लाख युवाशक्तिहरु बिदेशमा काम गर्न पलायन भए तर बिडम्बना जुन राजनैतिक दलहरुको गलत हर्कतले युवाहरु बिदेशिन बाध्य भए त्यही राजनैतिक दलको संगठनहरु खोलेर फेरि पनि उही दलको गुणगान गरे ।

अरु देशका नागरिकहरु आफ्नु देशलाई कसरी बनाउने भन्ने एजेन्डामा छलफल गर्छन तर नेपालीहरु बिभिन्न संघसंस्था खोलेर आपसमै लडेर देशकै बेइज्जत गर्दै छन् भन्दै रविले बिदेशमा रहेका नेपालीहरुलाई दह्रो झापड हाने ।

सिधाकुरा जनतासंगका प्रस्तोता रवि लामिछानेले साच्चिकै अन्याय- अत्याचारमा परेकाहरु निमूखा र पिडितहरुको लागी जस्तोसुकै दवाब आएपनी आफुले निष्पक्ष भएर अन्याय,अत्याचार र सामाजिक बिकृतिको विरुद्ध आवाज उठाउँन र न्याय दिलाउनको लागी पहल गर्ने नछोड्ने बताउँछन्।

रविले नेपालमा मात्रै होइन बिदेशमा समेत नेपालीहरुलाई ठग्ने र ठगी धन्दा चलाउँनेहरुलाई समेत छोडेका छैनन्। छोटो समयमै ईमान्दारीताका साथ जनताको पक्षमा काम गरेकाले रवि लामिछाने चर्चित त बनेका छन् नै उनी आफैँ देश बिगार्ने नेताहरु र गलत गर्ने विरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन्।

११४ औ भागको बिशेषताहरु

जापानमा हराएकी सबिना महर्जनकि दिदीको पिडा सुन्दा जो कोहिको पनि आँशु रोकिदैन यस्तो पिडा कसैलाई पनि नपरोस ८ बर्ष देखि जापानमै गायब छिन सबिना जसले गर्दा उनको सबै परिवार नै अथाह दु:खमा डुबेको छ र रविले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । उदयपुरको सडक र पोखरा सभागृहबारे स्पेसल कभरेज… हेर्नुस आजको बेजोडभाग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।