म्यानमारका रोहिंगालाई नेपाल छिराई नेपाललाइ ध्वस्त पार्न भारतले थाल्यो यस्तो डरलाग्दो कदम – हेर्नुहोस् भिडियो
आफु बसीरहेको देश आफ्नो रहेन । आफ्नै मुलुकले नागरिकको दर्जा दिएन । त्यती मात्र होइन राज्य नै सत्रुको ब्यवहारमा उत्रियो । सरकार, सेना, र वहुसंख्यक समुदायले आतंककारी होस् भन्दै मुलुकवाट लखेट्ने, उनीहरु माथि अच्याचार गर्छ भने सहारा खोज्न कहां जाने ? अहिले म्यानमारमा बस्ने अल्पसंख्यक समुदाय रोहिंगाको अवस्था त्यस्तै छ । दुई सातायता मात्र १ लाख २० हजारभन्दा बढी नागरिक त्यहांवाट विस्थापित भइसकेका छन् । त्यहाँबाट विस्थापित हुनेहरू बंगलादेश र भारत भएर नेपालसम्म पनि आइपुगेका छन् । पछिल्लो समय यो क्रम झन बढ्दो छ । काठमाण्डौको कपन लगायतका ठाउंमा यी समुदायका ब्यक्तिको संख्या दिनहु थपिदै गइरहेको छ । पांच वर्ष देखि राजधानीमा करिब ३ सय म्यानमारी शरणार्थी थिए । पछिल्लो समय म्यानमारमा हिंसा भट्किए पछि नेपालमा म्यानमारी नागरिकको संख्या बढ्दै जान थालेको हो । नेपालीमा एउटा उखान छ नेपाल गए कपाल संगै वर्मा गए कर्म संगै । आफ्नै मुलुकवाट लखेटिएर वंगलादेश र भारत हुदै नेपाल आइपुगेका ति नागरीकको जिवन यहां पनि सहज छैन । आफन्तसंग विछोडिनुको पीडा एकातिर छ भने अर्काे तिर फरक परिवेस र फरक वातावरणमा जीवनको सुरुवात गर्नु अर्काे चुनौती । थप हेर्नुहोस् भिडियोमा


