तीन करोड नेपालीलाई रुवाउने ६०१ देशघाती सांसदहरुलाई नफालेसम्म नेपाल बनिदैन : रबि (भिडियो सहित)
बाटोमा भेटिएको यो दुई लाख कसको ? ओम अस्पताल जवाफ नदिई भाग्यो । को हुन् ५० करोड ठग्ने महिला ?
फोहोरमा बस्ने बानी परेकाहरुको लागि सफाईको कुनै महत्व छैन , बेमान ,फटाहहरुको भिडमा रमाईहरुको लागि इमान्दारहरुको कुनै महत्व छैन ।
घुसखोरीले आतंक मचाएर नेपाल र नेपालीको विनाश गरेको प्रसंगलाई आज रबि लामिछानेले कडारुपमा प्रस्तुत गरे । हजारौ कर्मचारीहरु इमान्दार छन् तर दुई चार जना भ्रष्टहरुले सिंगो देश नै खाइसके तर यसको दोषी तपाईहामी जनताहरु नै जो नियमसंगत लाइन बसेर सेवा लिनु भन्दा घुस दिएर काम छिटो गराएर चिया दोकानमा भए नभएको गफ दिन ब्यस्त रहन्छौ ।
के हामीलाई सुशासन चाहिएकै छैन त ? के हामी नेपाली फोहरमा रमाउने फोहरी नै हौ त ? राम्रो बाटोघाटो कहिले माग्दैनौ ।
दुई चार जना बिचौलियाले लाखौ सेवाग्राहीलाई ठगेका छन् लुटेका छन् तर सेवाग्राही एक जुट भएर कहिले बिरोध गर्दैन्न ।
दुई चार सय ब्यापारीले लाखौ उपभोक्तालाई रुवाएको छ अझ पौने ३ करोड जनतालाई ६०१ ले रुवाएका छन् र यिनीहरुलाई चुनाबको माध्यमबाट नाफालेसम्म आउदो कंयौ पुस्ताले हामीले जस्तै दू:ख कष्ट पाउने छन् ।
भ्रष्टचारी बिरुद्ध जनता नजाग्दासम्म यो देशमा कहिले परिवर्तन हुदैन , हिलो र भत्केका सडकहरुको दुरावस्थाको जिम्मेवार पनि जनता नै हुन् किनकी त्यस्तो अवस्था हुदासम्म पनि सबै एक जुट भएर बिरोध गर्नको सट्टा त्यो दल र यो दलको कुरा गर्दै समय बिताउछौ ।
सिधाकुरा जनतासंग ११९ औ भागको विशेषताहरु :-
एक इमान्दार ब्यक्तिले भाटभटेनीको बाटोमा भेटाएको दुई लाख सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई बुझाए ताकी सम्बन्धित व्यक्तिले पाओस भन्ने इमान्दार उद्देश्य राख्ने ब्यक्तिहरु पनि नेपाल देखिए ।
ओम हस्पिटलको बढ्दो लापर्वाहीले फेरि निमत्यायो दुखद घटना नाकको अप्रेसन गर्दा एक बिरामीको मृत्यु ।
बाढी पिडित राहत कोषमा १ करोड एक लाख जम्मा भैसक्यो , इजरायलको २८ वटा संस्थाहरुको संयोजनमा भएको तीज कार्यकम बाट उठेको रु ३ लाख १३४०० पनि हस्तान्तरण गरिएको छ । हेर्नुस भिडियो


