रौतहटका बाढी-पीडितको लागि धुर्मुस-सुन्तलीले ६ करोडको लगानीमा नमूना बस्ती निर्माण गर्ने (भिडियो सहित)

रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउण्डेशनले तयारी सुरु गरेको छ ।

बाढी पीडित बनेका स्थानीयवासीका लागि राहत वितरणसँगै एकीकृत नमूना वस्ती निर्माण गर्ने घोषणा गरेको फाउण्डेशनले वस्ती निर्माणका लागि तयारी सुरु गरेको जनाएको छ ।

स्थलगत अध्ययन तथा अवलोकन पश्चात फाउण्डेशनले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने टुङ्गो लगाएको हो ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्या बसोवास रहेको छ । वस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ ।

वषौंदेखि गरिवीको चपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको छ ।

उक्त क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनीय रहेको फाउण्डेशनले भिडियोमा उल्लेख गरेको छ ।

वस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कुल नपठाउने उनीहरु लगभग सबैजसो अशिक्षित र बेरोजगार छन् ।

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमूना सन्तपुर वस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार दुई तल्लाको चार वटा कोठा हुने गरी एक शौचालय, धारा र बगैंचासमेत निर्माण गर्नेछ ।

वस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै वस्ती अवलोकन गर्ने भ्यु टावर समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।

वस्ती निर्माणका लागि ५ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।

एकीकृत नमूना वस्ती शिलन्यासको मिति नतोकिएको भएपनि छिट्टै सुरु गरिने फाउण्डेशनले जनाएको छ ।

कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस-सुन्तलीले वस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ दिने विश्वास व्यक्त गरेका छन् । फाउण्डेशनले तयार पारेको वस्तीको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।