झारफुक गर्न आएका रोगीलाई अस्पताल पठाइदिन आग्रह

सुरुङ्गा(झापा), ३१ भदौ । धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् । चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् ।

मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल विर्तामोडले जिल्लाभरिका धाँमीझाक्रीलाई आँखा स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरेको छ । तालीममा सय वर्षीय वृद्धसहित ५१ जना धाँमीझाक्री सहभागी भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिनुभयो ।

तालीममा उनीहरुलाई अन्धोपन निवारणका लागि गर्न सकिने उपायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालीमको सहजीकरण युवराज बोहोराले गर्नुभएको थियो । तालीममा आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालीन अवस्था तथा ‘रिफरल नेटवर्क’को बारेमा जानकारी दिइएको थियो ।

अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर डा प्रभा सुवेदी बस्नेत, प्रशासकीय अधिकृत सुरज रौनियार, नेत्र अधिकृत मेमलाल राजवंशीलगायतले परम्परागत झारफूक पद्धति र जडीबुटीको सेवनले आँखाका कुनै पनि रोग निको नहुने भन्दै धामीझाँक्री कहाँ कोही आँखाका रोगी आए सबै आँखाका बिरामीलाई अस्पताल पठाइदिन आग्रह गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।