सप्तरी जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द

राजविराज, ३१ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लास्थित नेपाल–भारत सीमा आजबाट ७२ घन्टाका लागि बन्द गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि असोज २ गते सोमबारसम्म ७२ घन्टाका लागि सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढीकरण समेत बनाइएको उहाँले आज राससलाई जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी, शासस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै उहाँले सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका सुरक्षा फौजले संयुक्तरुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।