राजपालाई ठूलो झट्का, बर्दिया संयोजकसहित एक हजार कार्यकर्ता एमालेमा प्रवेश
बर्दिया, १ असोज । राष्ट्रिय जनता पार्टी (राजपा)का बर्दिया संयोजक धनेशकुमार यादवसहित हजार जना भन्दा बढी नेता, कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका छन् ।
जिल्लामा आयोजित कार्यक्रममा राजपाकी नेतृ पूर्णकला श्रीवास्तव, मालेका जिल्ला सचिव भीमबहादुर चन्द, माधव कुँवर, कांग्रेस, राप्रपालगायत दलका नेता, कार्यकर्ता ठुलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । एमाले नेता वामदेव गौतमले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रवेश गराएका थिए ।
पार्टीका सचिव शालिराम अधिकारीका अनुसार एक हजार बढीले विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेको बताए । राजपाका संयोजक रहेका यादव सद्भावना पार्टीका पूर्वजिल्ला अध्यक्ष समेत हुन् ।


