राज्य सत्ताको आडमा मान्छे पिटिदैछन्, निषेध गरिँदैछ, यो कहाँसम्मको जायज हो ? : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनुषामा सत्ताको आडमा एमाले कार्यकर्तामाथि आक्रमण भएको बताएका छन्। पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको अखिल शुभकामना साँझमा उनले सत्ताको आडमा एमालेलाई निषेध गर्न लागिएको बताएका हुन्।

धनुषाको नगराइन नगपालिका वडा नं. ८ अकौरामा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा शनिबार राति एमालेका ७ जना घाइते भएका थिए। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। ‘पूर्व गृहमन्त्री विमलेन्द्र निधिको जिल्ला धनुषामा के हुँदैछ हेर्नुस् त’ ओलीले भने, ‘राज्य सत्ताको आडमा मान्छे पिटिदैछन्। निषेध गरिँदैछ। यो कहाँसम्मको जायज हो?’

इमान जमान भन्ने केही नरहेको भन्दै उनले एमालेले चुनाव जितेपछि मात्र मुलुकमा इमान जमान भन्ने चिज आउने दावी गरे। अखिल साँझको अवसर पारेर अनेरास्ववियुले पूर्व अध्यक्षहरु योगेश भट्टराई, टंक कार्की, विश्वकान्त मैनाली, राजेन्द्रकुमार राई, माधव ढुंगेल, अरुण नेपाललाई सम्मान गरेको छ। त्यस्तै एमालेका विद्यार्थी इन्चार्जहरु केपी शर्मा ओली, गोकर्ण विष्ट, भानुभक्त ढकाल र युवराज कार्कीलाई पनि सम्मान गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।