चुडामणि शर्माको घरमा सिलिण्डर बम विस्फोट

काठमाडौँ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मा बुढानिलकण्ठस्थित घर कडा सुरक्षा घेरामा राखिएको छ । आज बिहानै घरको गेट बाहिर गेट सिलिण्डर बम पड्काउने प्रयास गरिएपछि सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लिएको छ ।

अज्ञात समूहले बूढानीलकण्ठमा रहेको उनको घरको गेटमा राति १ बजेतिर सिलिण्डरमा आगो लगाएर विष्फोट गर्न खोजिएको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शर्माले कर फर्छ्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर सर्वोच्च अदालते शर्मालाई सामान्य धरौटीमा थुनामुक्त गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।