नेमकिपा लाई झट्का, उपाध्यक्षसहित १ सय ३७ जनाले दिए पार्टीबाट सामूहिक राजीनामा
जुम्ला, २ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसहित १ सय ३७ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । सोमबार उनीह्रुले जिल्लामामा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित कार्यकर्ताहरुले साधारण सदस्य नरनेगरी पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान समेत गठन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘कामदार वर्गलाई शासकका रुपमा उठाउने उद्देश्य राखी लामो समयदेखि संघर्ष गर्दै आएको नेमकिपा फैलिनुको साटो खुम्चिँदै गयो, पार्टीले लिएको कार्यशैली परिवर्तनका लागि पार्टी नेतृत्वलाई बारम्बार सुझाव दिँदा पनि नेतृत्व टसको मस परिवर्तन नभई यथास्थीतिमा रहने देखिएकाले विभिन्न जिम्मेवारीमा रहेका हामीहरु साधारण सदस्यमा नरहनेगरी परित्याग गरेका हौं ।’
नेमकिपाबाट पार्टी परित्याग गरेका धितालसहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी भइरहेको माओवादी केन्द्र जुम्लाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार यही असोज ८ गते सिंजामा हुने माओवादी केन्द्रको आमसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने भएका छन् ।
पार्टी प्रवेश गर्नेको नामः





