परदेशीले दशैं-तिहारमा छुट्टी नपाएपछि… (भिडियो सहित)
नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका पूर्णकला विसी र गायक भिम ज्वलन्त योगीको आवाजमा नेपालीहरुको महान पर्व विजयादशमी तथा तिहारलाई लक्षित गित को भिडियो “परदेशीले छुटटी पाएन भनी” बजारमा आइपुगेको छ ।हरेक नेपाली ले चाडपर्व मनाईरहदा आफु विरानो देशमा भएपनि नेपाली सांगितिक कोसेली आम दर्शक तथा श्रोता माझमा ल्याउदा आफुलाई खुशी लागेको गायक योगी ले बताएका छन । नेपाली कलालाई पनि सम्मान गदै विदेशमा रहदा पनि दशैँ गित ल्याएकको उनको भनाई छ । उक्त गितमा शब्द रामचन्द्र दाहाल र दिप मगरको रहेको छ भने संगित संयोजन रामचन्द्र दाहालको रहेको छ । गितको भिडियोमा आशा खड्का र विपेषकको अभिनय देख्न सकिन्छ । मुकेश हुमागार्ईले छायाङकन गरेको भिडियोलाई अविनास डिसि ले सम्पादन गरेका हुन भने निर्देशन बविता श्रेष्ठले गरेकी छन । “परदेशीले छुटटी पाएन भनी” हेर्न तलको लिंक क्लिक गर्नुहोला


